निर्माण व्यवसायीको भुक्तानी समस्यामा सिडिइ भण्डारीको गुनासै गुनासो

निर्माण व्यवसायीको भुक्तानी समस्यामा सिडिइ भण्डारीको गुनासै गुनासो


ग्लोब नेपाल
30.3k
Shares

काठमाडौं । निर्माण व्यवसायीको भुक्तानी दिन सरकारले नसकेपछि सडक विभागका सिनियर डिभिजन इन्जिनियर (सिडिई) लीलाबहादुर भण्डारीले साह्रै चित्त दुखाएका छन् । एकातिर विकास विजेट खर्च भएन भन्ने अर्कोतिर निर्माण व्यवसायीको भुक्तानी नगर्ने राज्यको नीति देखेर भण्डारीले चित्त दुखाएका हुन् ।

निर्माण व्यवसायीले संधैं उधारोमा काम गर्न सक्दैनन्, उनीहरुको पीडालाई सम्बोधन गर्न के कुरा बाधक बन्यो ? भुक्तानीका लागि यति झन्झटिलो प्रकृया किन राखिएको हो भन्दै पुल योजना पश्चिम क्षेत्र सिक्टर नं. ३ नेपालगन्जका सिडिइ भण्डारी भन्छन्, यदि निर्माण व्यवसायीलाई भुक्तानी गर्न समस्या देखिएको हो भने वास्तविकता बाहिर ल्याउनुपर्छ ।

उनले भुक्तानी समस्या र निर्माण व्यवसायीको पीडा सामाजिक सञ्जालमा छताछुल्ल पारेका छन् । उनले फेसबुक स्टासमा आज साह्रै चित्त दुखेर, पिर परेर लेख्दैछु, अन्यथा नसम्झनुहोला, गलत लेखेजस्तो लाग्यो भने माफी चाहन्छु शीर्षकमा लेख्छन्– ‘अनेकन झन्झट र दुख पार गर्दै रकमान्तरण र सृजित दायित्व भुक्तानीका लागि टेवल टेबल चहार्दै अर्थ मन्त्रालयसम्म पुगेर, महिनौं दिन लगाएर बजेट निकासा हुन्छ, निकासा भएको बजेट भुक्तानीका लागि पुनः फुकुवाको समस्या सिर्जना हुन्छ, निकासा भएको बजेट भुक्तानीका लागि पुनः फुकुवाको समस्या सिर्जना हुन्छ, पहिले भुक्तानी भइसकेको र फुकुवा भइसकेको रकममा पनि पुनः सिस्टमका कारण समस्या सिर्जना भएको देखियो ।’

भण्डारी अगाडि लेख्छन– ‘यदि निर्माण व्यवसायीको बिल भुक्तानीका लागि समस्या देखिएको भए वास्तविकता बाहिर ल्याउन सकौं हैन भने निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गरौं । ढलानका लागि फर्मालगायत तयार पारिएको छ, उधारो कसैले दिँदैन, व्यवसायीद्वारा कति लगानी गर्ने हो, म्यादको र माइलस्टोनको समस्या पनि आउने नै होला, अनेकन समस्या आउने भए । के गर्ने हो ? फाइल पेस भएको महिनौं दिनसम्म पनि बजेट आउँदैन, आइहाले पनि फुकुवाको नाटक सुरु हुन्छ । यो फुकुवा आदि इत्यादि कसले बुझछ र ?’

‘सरकारी कर्मचारी र सरकारलाई त खास फरक नपर्ला तर निर्माण व्यवसायी जसले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुभएको छ, उहाँहरुलाई मर्नु कि बाँच्नुको स्थिति सिर्जना भएको छ । जवाफ के दिने हो ? हुन्छ भनी भनी फकाएर, सकेको सहयोग गरेर काम गरायो भुक्तानी दिने बेला, कता भाग्ने भन्नेसम्मको स्थिति सिर्जना भएको छ । कसैलाई दोष दिनुभन्दा पनि वास्तविक मर्का बुझ्ेन प्रयास गरौं ।’ भण्डारी लेख्छन् ।

‘साह्रै पीडा छ । कतिजनाले सामाजिक सञ्जालमा यस्तो लेखेकोमा अलि अप्ठ्यारो मान्नु हुन्छ होला, तर वास्तविकता बुझ्नुस अनि थाहा हुन्छ । यस्तो तरिका हो भने, एकातिर जनताको नजरमा विकास बजेट न्यून खर्च भएको देखिने र अर्कोतिर व्यवसायीहरु मर्नु कि बाँच्नुको अवस्थामा पुग्ने निश्चित छ । जसलाई पर्छ उसलाई थाहा हुन्छ, अरुले त तमासा हेर्ने न हो ? अब धेरै समय छैन, सिघ्र समस्याको समाधान होस, यही आग्रह, अनुरोध र निवेदन गर्दछु’ फेसबुक स्टाटसमा लेखिएको छ ।