राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न असहज

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न असहज



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम वाचनमा असहज भएको छ । स्वास्थ्यमा समस्या भएका कारण उनलाई सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न असहज भएको हो ।

वाचन गर्दा राष्ट्रपतिलाई बीचबीचमा खोकी लागिरहेको छ । उनी केही समयअघि भारतमा उपचार गराएर स्वदेश फर्किएका थिए । बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

पेटसम्बन्धी रोगको उपचार भारतमा गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् । उनलाई चिकित्सकहरूले ३ साता आइसोलेसनमा आराम गर्न सुझाव दिएका थिए ।