मध्य अमेरिकी राज्य एल–साल्भाडोरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गयो

मध्य अमेरिकी राज्य एल–साल्भाडोरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गयो



एल साल्भाडोर । मध्य अमेरिकी राज्य एल साल्भाडोरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् ।

फुटबल खेलका क्रममा कुस्काटलान रङ्गशालामा मच्चिएको भागदौडमा ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलान रङ्गशालामा अलियान्जा र एफएएस फुटबल टीमबीचको खेल हेर्न हजारौँ समर्थक पुगेका थिए ।

खेल हेर्न समर्थकहरु प्रवेश गरिरहेका बेला भागदौड मच्चिएको स्थानीय प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ ।

अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । भागदौड मच्चिनुको कारण खुल्न बाँकी छ ।