चितवन । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।
इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो । पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
अहिले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
प्रतिक्रिया