सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०८० जेष्ठ ८ गते लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

साथै, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।