यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी (सूची)

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी (सूची)



काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको हाे ।

यस प्रकरणमा १६ जना पक्राउ परेका छन् भने अरु १७ जना फरार रहेका छन् ।

यस प्रकरणमा प्रहरीले फरार रहेकाहरूको सूची पनि बुझाएको छ । फरार रहेका प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

यो प्रकरणमा मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने १ जनाको नाम खुलेको छैन ।

त्यस्तै, बयानमा पोलिएका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहित २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि सिफारिस गरिएको छ । मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना वकिलहरू खटिएका छन् ।

प्रहरीले अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको छ ।