एनआइबिएल एस क्यापिटल अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध

एनआइबिएल एस क्यापिटल अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध



काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले आफ्नो भुक्तानी तथा लगानी संकलनसंग सम्बन्धी कारोबारहरुकालाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी तथा लगानी सँकलन गर्न सहज तथा प्रभावकारी हुने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (NPS) मा आबद्ध भएको छ ।

सम्झौता पत्रमा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात एनआइबिएल एस क्यापिटलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी सँकलन गर्ने तथा विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोवारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच डिजिटल माध्यमबाट सोझै गर्न सकिने व्यवस्था मिलाइनेछ ।

एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) को माध्यमबाट क्यापिटलले प्रदान गर्दै आइरहेको विभिन्न लगानी संग सम्बन्धित सेवाहरु सहज हुनुका साथै भुक्तानी प्रणाली थप प्रभावकारी हुने भएकाले सेवाग्राहिहरुले प्रत्येक्ष लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ र निकट भविष्यमा नै सम्पूर्ण सेवाहरुलाई यथा घि नेशनल पेमेन्ट स्वीच (NPS) मा जोडि सेवा प्रवाह गरिने जानकारी समेत गराएकाे छ ।