बुटवल । कपिलवस्तुमा एक युवकले चक्कु प्रहार गरेर दुई जना हत्या गरेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुले चक्कु प्रहार गरेर कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया