काठमाडौं । अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिनल केसीले बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीको आरोप छ ।
प्रतिक्रिया