चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएपछि ब्याक सरेर खोलामा

चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएपछि ब्याक सरेर खोलामा


ग्लोब नेपाल
1.1k
Shares

कालिकोट । कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । ​कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर तल खोलामा खसेको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ ।