सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन



धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभाकाे प्रमुख सचेतक र सचेतक चयन गरेकाे छ ।

प्रमुख प्रतिपक्षी दल एकालेकाे आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो ।

पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन् ।

सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी हुन् ।