यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट हुने

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट हुने



काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिष्ट्रारको सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ बाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका हुन् ।

यस सगैं अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नामसारी लागत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।