चाइनिज पिपुल्स अस्पतालमा काठमाडौं महानगरको ताला

चाइनिज पिपुल्स अस्पतालमा काठमाडौं महानगरको ताला



काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा ताला लगाएको छ ।

सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ ।

प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।

स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।