मधेशका मुख्यमन्त्रीलाई सिंगो सदनको विश्वास

मधेशका मुख्यमन्त्रीलाई सिंगो सदनको विश्वास



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन अकास्मिक रुपमा उनले विश्वासका मत लिएका हुन् ।

मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा शून्य मत खस्यो ।

बैठकमा नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।

जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए । उनले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका हुन् ।

प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

विश्वासको मत लिँदै मुख्यमन्त्री यादवले अगामी असार १ गते ल्याउन लागेको बजेट जनतामुखी हुने प्रतिवद्धता जनाएका छन् ।

उनले सरकारमाथि गरेको विश्वासले उर्जा बढेको भन्दै कसैलाई भेदभाव काँखापाखा नगरी अघि बढ्ने बताए ।