गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट प्रस्तुत गर्ने

गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट प्रस्तुत गर्ने



पोखरा । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्नेछन् । गण्डकी प्रदेशको बजेट ३३ अर्ब आसपासको ल्याउने तयारी छ ।

कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना पूरा गर्न जोड दिँदै बजेट ल्याउने प्रदेश सरकारकाे तयारी छ ।