भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने भन्ने निर्णय गर्दछ ।