ओखलढुंगा पहिरे खोला पुल ठेक्का प्रकृया स्थगित

ओखलढुंगा पहिरे खोला पुल ठेक्का प्रकृया स्थगित


ग्लोब नेपाल
31.7k
Shares

काठमाडौं । ओखलढुंगा जिल्लाको पूर्वाधार विकास कार्यालयबाट ठेक्का लागेको पहिरे खोला पुलको ठेक्का स्थगित भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णयबाट उक्त प्रदेशभरिका विभिन्न आयोजना तथा कार्यक्रमको श्रोत सहमति खारेज गर्ने निर्णय भएसँगै चर्चित पहिरे खोला पुलको समेत ठेक्का प्रकृया स्थगित भएको हो ।

करिब तीन करोड रुपैयाँ लागत रहेको उक्त पुलको ठेक्काको प्राविधिक प्रस्ताव खोली आर्थिक प्रस्ताव खुल्ने चरणमा रहेको थियो । तर, यो निर्णयसँगै मोलुङ गाउँपालिका–२ मा बन्ने यो पुलको योजना अलपत्र परेको छ । ओखलढुंगा सदरमुकामबाट पश्चिमतर्फका पाँचवटा गाउँपालिका मोलुङ, सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बाका बासिन्दालाई प्रत्यक्ष सुविधा पुग्ने यो पुल नबन्दा वर्षायाममा सास्ती भोग्नु परिरहेको छ ।