मधेस प्रदेश : स्वास्थ्य क्षेत्रमा पाँच अर्ब ४७ करोड

मधेस प्रदेश : स्वास्थ्य क्षेत्रमा पाँच अर्ब ४७ करोड



जनकपुरधाम । मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा साढे पाँच अर्ब बजेट छुटयाएको छ । समग्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल पाँच अर्ब ४७ करोड ३४ लाख ७८ हजार बजेट छुटयाइएको हो ।

स्वास्थ्य क्षेत्रमा मानव सेवा आश्रममा घुम्ती स्वास्थ्य सेवाको लागि पाँच करोड विनियोजन भएको छ । मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम निरन्तरता पाएको छ ।

हेल्थ पार्कको लागि पाँच करोड राखिएको छ भने सिरहाको प्रादेशिक अस्पताललाई एक सय ५० शैययाको बनाइने र क्यान्सर रोग अस्पताल सुधार गर्न दश करोड विनियोजना गरिएको छ ।