विश्वकप क्रिकेट छनोट : जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक

विश्वकप क्रिकेट छनोट : जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक



काठमाडौं । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् ।

कुशलले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ६३ बलमा आठ चाैकासहित ५० रन पूरा गरे ।

२० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो ।

व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए ।

उनको अर्धशतक मद्दमा नेपालले २३.४ ओभरको खेल सकिँदा बिना क्षति ११० रन बनाएको छ ।

अर्का ओपनर आसिफ शेख ३९ रनमा खेलिरहेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।