जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ ब्याटिङमा कीर्तिमानी साझेदारी

जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ ब्याटिङमा कीर्तिमानी साझेदारी



काठमाडौं । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ ।

जिम्बाव्वे विरुद्ध आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले १५७ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् ।

उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।

उनीहरुकाे कीर्तिमानी साझेदारीसँगै २९.१ ओभरको खेल सकिँदा नेपालले विना क्षती १५७ रन बनाएको छ ।