डडेल्धुरामा डोजर दुुर्घटना हुुँदा चालकको मृत्यु

डडेल्धुरामा डोजर दुुर्घटना हुुँदा चालकको मृत्यु



धनगढी । डडेल्धुरामा डोजर दुुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर दुर्घटना हुँदा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेर डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।