नेदरल्याण्ड पठाइदिन्छु भन्दै २६ लाख ठगी

नेदरल्याण्ड पठाइदिन्छु भन्दै २६ लाख ठगी



काठमाडौं । नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको भन्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ घर भएका ३० वर्षीय बलराम थापा मगर रहेका छन् ।

मगरले टिकाजंग कार्कीलाई ‘वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुने सेल्स मेनमा जागिर लगाइदिन्छु’ भन्दै २६ पटक–पटक गरी २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मगरलाई सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।