अमेरिकाविरुद्ध चौथो विकेट पनि करणकै नाममा

अमेरिकाविरुद्ध चौथो विकेट पनि करणकै नाममा



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध करण केसीले नै नेपाललाई चौथो सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको दशौँ ओभरको दोस्रो बलमा करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याच गराए । जारी खेलमा अमेरिकाले चार विकेट गुमाउदा सबै करणले नै लिएका हुन् ।

अहिले ९.३ ओभरको खेल सकिँदा अमेरिकाले चार विकेट गुमाएर १९ रन जोडेको छ । करणले यसअघि दोस्रो ओभरमा दुई विकेट र आठौं ओभरमा तेस्रो विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।