मधेश प्रदेशका मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री जिम्मेवारी

मधेश प्रदेशका मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री जिम्मेवारी



जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्ण प्रसाद यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादव श्रीमतीको उपचारका लागि बिहीबार भारत गएपछि मन्त्री यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । मन्त्री यादव सात्तासाझेदार दल नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता समेत हुन् ।