परासीमा लागूऔषधसहित एक जना पक्राउ

परासीमा लागूऔषधसहित एक जना पक्राउ



परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाट लागूऔसधसहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्रहरी नायब निरीक्षक मदन बस्याल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४६ वर्षीय बिनोद कहारलाई पक्राउ गरेका हुन् ।

आरोपित कहारको घरमा छापा मार्दा नाइट्राभेट ६०० पत्ता, प्रोक्सिको स्पार ९६३ ट्याप्लेट र कोरेक्स ९ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

विशेष सूचनाको आधारमा घरमा छापा मार्दा लागूऔषध बरामद गरिएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।