कोसीका मन्त्री राजभण्डारीविरुद्ध अवहेलना मुद्दा दायर

कोसीका मन्त्री राजभण्डारीविरुद्ध अवहेलना मुद्दा दायर



विराटनगर । न्यायधीशले पैसा लिएर स्टेअर्डर जारी गरेको भन्दै अभिव्यक्ति दिने कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ ।

उनीविरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन् ।

राजभण्डारीले गत असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा आदेश गरेको आरोप लगाएका थिए ।

मन्त्री राजभण्डारीले न्यायाधीशलाई फटाहा र कलंक समेत भनेका थिए ।

न्यायधीशको नाम किटान गरी संविधान र कानुनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि द्वेश र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ ।

अदालतको अपहेलनामा एक वर्ष कैद र एक लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ ।