विराटनगर । कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेकाे छ । आज बसेकाे माओवादी संसदीय दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।
प्रतिक्रिया