विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र पठाएको सभामुखले जानकारी दिए ।
संसदमा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिँडेका थिए ।
मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेको बताइएको छ । एमाले संसदीय दलको पत्र आएपछि के गर्ने भन्ने विषयमा सभामुख गौतमले छलफल गरिरहेका छन् ।
प्रतिक्रिया