लघुवित्तबारे गुनासो सुन्न राष्ट्र बैंकमा डेस्कको व्यवस्था

लघुवित्तबारे गुनासो सुन्न राष्ट्र बैंकमा डेस्कको व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरू बारे सम्बद्ध ग्राहक सदस्यको गुनासो सुन्न डेस्कको व्यवस्था गरेको छ ।

‘घ’ वर्गका यस्ता संस्थाहरुसँग वचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको वित्तीय सेवासम्बन्धी गुनासो भएमा उक्त डेस्कमा दर्ता गर्न सक्नेछन् । राष्ट्र बैंकले ग्राहक सदस्यको गुनासो सम्बोधन गर्न डेस्कको व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले सोमबार सुचना प्रकाशन गर्दै लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको जानकारी दिएको छ । यस गुनासो सुनुवाइ डेस्कमा गुनासो गर्दा पैसा तिर्नु पर्दैन ।

यसको ट्रोल फ्रि फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो राख्न सक्ने छन् । यसका साथै केन्द्रीय बैंकको अनलाइन गुनासो पोर्टल वा इमेलमार्फत गुनासो दर्ता गर्न सकिने छ । राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।