जोशी हाईडोपावरको हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाईडोपावरको हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा असार २५ मा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

हालको चुक्ता पुँजी रु. ३७,१४,००,०००/- को प्रति शेयर अंकित रु. १००/- को दरले १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४,१४,१०० कित्ता हकप्रद शेयर निकाष्शन गर्न लागेको हो ।