बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि

बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि



काठमाडौं । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलकाे उपाधि जितेकाे छ ।

आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए ।

याेसँगै नेपालले गएकाे वर्ष काठमाडौंमा भएकाे साफ च्याम्पियनशिपकाे फाइनलमा हारेकाे बदला लिएकाे छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो ।