भारतविरुद्ध कप्तान रोहितको अर्धशतक

भारतविरुद्ध कप्तान रोहितको अर्धशतक



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल र कुशल मल्ल डक भए । आसिफ सेखले १५, सोमपाल कामीले १४, देव खनालले सात र भीम सार्कीले चार रन बनाएका थिए ।

हाल क्रिजमा रोहितसङै रहेका गुल्सन झाले १२ रनमा खेलिरहेका छन् ।