एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग

एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग



काठमाडौं । एसिया कपमा २०२३ मा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्ने भएको छ । नेपाल र पाकिस्तानबीचको खेल १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ । नेपाल र पाकिस्तानसहित भारत समूह ‘ए’ मा छन् ।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ ।

यस्तै भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन् । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुनेछ ।

समूहमा शीर्ष दुई दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ । अर्को समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।