महिला विश्वकप फुटबल : इङ्ल्यान्डले डेनमार्कलाई हरायो

महिला विश्वकप फुटबल : इङ्ल्यान्डले डेनमार्कलाई हरायो



काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा इङ्ल्यान्डले डेनमार्कलाई हराएको छ । सिड्नीको एलिनाज स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डेनमार्कलाई १–० गोलले हराएको हो ।

इङ्ल्यान्डकी लाउरेन जेम्सले छैटाैँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इङ्ल्यान्ड ६ अङ्ककासाथ समूह ‘डी’ को शीर्ष स्थानमा छ । तीन अङ्क रहेको डेनमार्क दोस्रो स्थानमा छ ।