देशव्यपि रुपमा निर्माण व्यवसायी आन्दोलीत (तस्बिरहरू)

देशव्यपि रुपमा निर्माण व्यवसायी आन्दोलीत (तस्बिरहरू)



काठमाडौं । निर्माण व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर देशव्यपि रुपमा प्रदर्शन गरेका छन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका हुन् । कास्की, लम्जुङ, विराटनगर, कैलाली, कपिलबस्तु, काठमाडौं लगायतका स्थानमा आन्दोलन गरिएको छ ।