काठमाडौं । सत्ताधारी दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको हाे ।
बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने निर्णय पनि गरिएकाे छ । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।
त्यसैगरी माओवादी केन्द्रकाे विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।
“विधान सम्मेलन गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको छ, मोटामोटी मंसिरमा विधान सम्मेलन गर्ने कुरा भएको छ,” माओवादीका सचिव दीनानाथ शर्माले भने, “सम्मेलनको मिति केन्द्रीय समितिले तोक्नेछ ।” उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
प्रतिक्रिया