कुनै निर्णय नगरी टुंगियाे संवैधानिक परिषद्को बैठक

कुनै निर्णय नगरी टुंगियाे संवैधानिक परिषद्को बैठक



काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी टुंगिएको छ ।

सिंहदरबारमा बसेकाे बैठकमा बिहीबार अपराह्न ५ बजे बस्ने परिषद्को बैठकबाट प्रधानन्यायाधीश र अरू संवैधानिक निकायमा रिक्त रहेका पदमा सिफारिस गर्ने सहमति भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।

‘धेरै विषयमा छलफल भयो तर निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ’, तिमिल्सिनाको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।