काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको बैठक पुन: सुरू भएको छ । बानेश्वरस्थित संसद भवनमा सभामुख घिमिरे र शीर्ष नेताहरूबीचको बैठक सुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
संसद सुरू गर्ने विषयमा सभामुख घिमिरेको पहलमा बैठक सुरू भएको हो । यसअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूबीचको बैठक भएको थियो । तर सहमति नभएपछि फेरि बैठक बस्ने गरी स्थगित गरिएको थियो ।
अहिले उनीहरूबीच बैठक जारी छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया