नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ (तस्बिरहरू)

नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ (तस्बिरहरू)



काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् । 

आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन् । 

जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ। २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो ।

आगामी अप्रिल २०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ ।