काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सोमबारबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । बुधबार महासंघको कार्यालयबाट सुरु भएको सिटी जुलुस बानेश्वरको संसद भवन, माइतीघर मण्डलाबाट पुनः महासंघको कार्यालय पुगेर टुंगिएको थियो । आन्दोलनमा संलग्नहरुले हेलमेड र सेप्टी ज्याकेट लगाएका थिए ।
नेपाल क्रस व्यवसायी संघले बुधबारको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको थियो । आन्दोलनलाई थप सशक्त बनाउन जिल्लाबाट निर्माण व्यवसायीहरु काठमाडौं आएका थिए भने अरु दिनभन्दा आन्दोलनमा सहभागीको संख्या निक्कै ठूलो थियो ।
महासंघका अध्यक्ष रवि सिंहले सम्बोधन गरेपछि आन्दोलन संसद भवनतिर अगाडि बढेको थियो । बानेश्वरको कोणसभामा क्रसर व्यवसायी संघका अध्यक्ष सीताराम न्यौपानेले सम्बोधन गरेका थिए । उनले व्यवसायीको आन्दोलनलाई नजरअन्दाज गरेको आरोप लगाए ।
निर्माण व्यवसायीको आन्दोलनमा ज्ञानेन्द्र शाहीको ऐक्यबद्धता: निर्माण व्यवसायी सडकमै (फोटोफिचरसहित) अरबौं रुपैयाँ भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी सडकमा
: निर्माण व्यवसायी सडकमै (फोटोफिचरसहित) देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
: निर्माण व्यवसायी सडकमै (फोटोफिचरसहित)
प्रतिक्रिया