कांग्रेस सांसद सुनील शर्मा निवासबाटै पक्राउ

कांग्रेस सांसद सुनील शर्मा निवासबाटै पक्राउ



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् ।

उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

उनले एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका थिए । उनी मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।