एनआरएनए महासचिवमा गौरीराज जोशी पुन: उम्मेद्वार बन्ने

एनआरएनए महासचिवमा गौरीराज जोशी पुन: उम्मेद्वार बन्ने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशी पुनः उम्मेद्वारी दिने भएका छन् । औपचारिक घोषणा गरी नसकेका जोशी यसपटक पनि महासचिव पदमा पुन: उम्मेद्वार बन्ने उनी निकटहरु बताउँछन् ।

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताए। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने जोशीले बताए।

उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ।

अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने जाेशी चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काररेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ।

एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य र अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव उनीसँग छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा निर्वाचित भएका थिए।