बाल्टिमोरमा एभरेष्ट तेक्वान्दोका सहयोगीहरु सम्मानित

बाल्टिमोरमा एभरेष्ट तेक्वान्दोका सहयोगीहरु सम्मानित

ग्लोब नेपाल डट कमसहित मिडियाको पनि सम्मान


ग्लोब नेपाल
162
Shares

बाल्टिमोर । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताका सहयोगदाताहरुलाई सम्मान गरिएको छ। शनिवार यहाँ आयोजित एक संक्षिप्त कार्यक्रममा प्रतियोगिताका लागि सहयोग गर्ने सबै संघ,संस्था, मिडिया र व्यवसायिक व्यक्तिहरुलाई सम्मान गरिएको हो।

प्रतियोगिताको आयोजक एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको कार्यालयमा आयोजित कार्यक्रममा यसरी सम्मान गरिएको हो। गत मे २० तारिखका दिन आयोजित प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यका करीब चार सय ५० जना खेलाडी सहभागी रहेको जानकारी आयोजक संस्थाका प्रमूख प्रशिक्षक माष्टर कुमार कार्कीले जानकारी दिए ।

पहिलोपटक आयोजित यस प्रतियोगितमा अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, भर्जिनिया, मेरिल्याण्ड, केन्टकी, ओहायो, नर्थ क्यारोलिना लगायतका राज्यबाट खेलाडी सहभागी भएका थिए।

वर्ल्ड क्लास डिभिजन र ओपन डिभिजन गरी दुई समूहमा प्रतियोगिता सम्पन्न भएको थियो। पहिलो प्रतियोगिता सफलतापूर्वक आयोजना गरेपछि एभरेष्ट तेक्वान्दोले यस वर्ष दोश्रो प्रतियोगिता पनि बाल्टिमोरमा नै गर्ने तयारी गरेको जानकारी समेत एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका सन्चालकसमेत रहेका माष्टर कार्कीले जानकारी गराए ।

आयोजक संस्थाद्वारा ग्लोब नेपाल डटकसहित स्थानीय समाज टाइम्स डटकम, इनेप्लिज डटकम, नेप्लिज डायस्पोराडटकम, संदेश टुडे डटकम लगायतका मिडियालाई पनि सम्मान गरिएको थियो।