नवनियुक्त सामान्य प्रशासन मन्त्री साहद्वारा पदभार ग्रहण

नवनियुक्त सामान्य प्रशासन मन्त्री साहद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले पदभार ग्रहण गरेकी छन् ।

त्यसअघि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।