काठमाडौँ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायबाट हुने भएकाले कुनै उच्चस्तरीय छानबिन आयोग नचाहिने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ । सुन तस्करी प्रकरणमा जुनसुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने कांग्रेसको भनाई छ ।’
बरामद भएको एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १० यता सदन अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया