नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा

नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा



काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश दिने भएको छ ।

संचालक समितिको मिति २०८० साल श्रावण ३० गते रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेशनल फण्ड मिति २०७९ साल मंसिर २० मा स्थापना भई मिति २०७९ चैत्र २१ बाट नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।