अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा



सिड्नी । इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो । पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै इङ्ल्याण्डले प्रभावशाली जित निकालेकाे हाे ।

खेलमा अग्रता इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट लिएको थियो । दोस्रो हाफमा ६३ औं मिनेटमा घरेलु टोलीका लागि फरवार्ड साम केरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

त्यसपछि अष्ट्रेलियाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै इङल्याण्डले २ गोल थप्यो । डिफेन्समा क्लियर हुन नसकेको बलमा ७१ औं मिनेटमा लौरेन हेम्पले इङ्ल्याण्डलाई अघि बढाएकी थिइन् । खेल सकिन ४ मिनेट अघि एलिसा रुसोले अर्को गोल थप्दै इङ्ल्याण्डलाई फाइनलको यात्रा पक्का बनाइन ।

इङ्ल्याण्डले उपाधिका लागि सिड्नीको स्टेडियममै आइतबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । त्यसभन्दा अघि शनिबार स्वीडेन र अस्ट्रेलिया तेस्रो स्थानका लागि ब्रिसवर्नको सनक्रोप स्टेडियममा भिड्ने छन् ।