‘कृपाले टिकट लिएर जिते एनआरएनएमा काम गर्न सकिदैन’

‘कृपाले टिकट लिएर जिते एनआरएनएमा काम गर्न सकिदैन’


ग्लोब नेपाल
351
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले नेपालका मुलधारको नेताले जस्तै एनआरएनए नेताले गाली खानु परेको बताए । गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा आइतवार अल्डरटमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले नेतृत्व पुस्ता नेपालमै हुर्केर विदेशी आएकाले जति खाली खाए पनि नेपालसंगै जोडिएको बताए।

डा. शर्माले नेपालमा २०४६ सालको आन्दोलनमा भाग लिने, रेलिङ भाँच्ने धेरै संघको नेतृत्वमा रहेका अहिले पनि त्यस्तै बानी नछोडेको बताए। ‘यस्तै प्रकारको राजनीति अब धेरै समय टिक्दैन,’ उपाध्यक्ष शर्माले भने,‘विदेशमै हुर्केकाले पुरानो राजनीति बुझ्दैनन्। अहिले नेपालमै हुर्किनेले पनि रेलिङ भाँचेका हुँदैनन्। त्यसैले अब एनआरएनएको भविश्य सुन्दर छ।’

शर्माले विदेशमा रहेका केही प्रतिशत मात्रै एनआरएनएका सदस्य रहेको बताउँदै हावर्ड जस्ता विश्व विद्यालयमा अध्ययन अध्ययापन गराउने नेपाली रहेको बताए। एनआरएनएका नेतृत्वलाई मात्र नहेरी बाहिर रहेकालाई पनि हेरेर दृष्टीकोण बनाउनु पर्ने बताए। विदेशमा बस्ने नेपालीलाई भोटिङ गर्न दिए एनआरएनएको महत्व नेपालमा बढ्दै जाने विश्वास व्यक्त गरे।

गैर आवासीय नेपाली संघले सरकारले गर्न नसक्ने काम समेत गरेको सुनाए। कोभिड माहामारीको समयमा सरकारलाई टेन्डर आब्हान गर्नुपर्ने अवस्था हुँदा गैरआवासीय नेपालीले विभिन्न सामाग्री खरिदगरी पठाएको स्मरण गरे। कुटनीतिक रुपमा विदेशमा रहेका नेपालीले दवाव दिनसक्ने पनि बताए। गैरआवासीय नेपालीले मोदीलाई कालो झण्डा देखाएर विरोध गरेको बताए।

सरकारले कति ठाउँ लगानी ग-यौं, कति पैसा ल्याएर आयौ भन्ने मात्रै हेर्छ तर विदेशमा रहेका नेपालीले कुटनीतिक रुपमा नेपालका समस्या कसरी संबोधन गर्ने ध्यान नदिएको बताए। त्यस्तै शर्माले एनआरएनलाई प्रविधिमैत्री बनाउनु पर्छ, अनलाइन भोटिङको व्यवस्था गर्नुपर्छ भनेर आफु लाग्दै आएको बताउँदै कार्यन्वयनको चरणमा रहेको बताए। एनआरएनबाट राजनीति र पैसा निकाली शुद्ध बनाउनु पर्ने बताए।

एनआरएनएको नेतृत्व लिन काठमाडौंमा किन धाउने भन्ने प्रश्न रहेको बताए। ‘एनआरएनएमा मलामी जाँदा जन्तीको व्यवहार नगरौं,’ उनले भने,‘विदेशमा कमाएको पैसा एनआरएनएको राजनीतिमा खर्च नगरी सामाजिक काममा गर्नु उपयुक्त हुन्छ।’

एनआरएनको महाधिवेशनमा उम्मेदवारको रकमले भोटरलाई काठमाडौंमा लैजाने, होटलमा राख्ने गर्नुभन्दा अनलाईनबाट भोटिङको व्यवस्था गर्न सकिने बताए। एनआरएनएको शुद्धिकरण र रुपान्तरकालागि अनलाइन प्रणालीमा जाँदा हुन्छ। संघमा अनलाइन प्रणालीमा जाँदा नेपाल सरकारले पनि अनलाइनबाट भोटिङ गर्न सक्ने व्यवस्था गर्न प्रोत्साहन मिल्ने बताए।

‘सहमति खोजौं तर बाहरुका घरमा गएर होइन हामीसँगै बसेर,’ उनले भने,‘कृपाले टिकट लिएर जिते पनि एनआरएनएमा काम गर्न सकिदैन।’उनले नेपाल सरकारले एनआरएनलाई नागरिकता दिने व्यवस्था गरे पनि त्यो नागरिकताले त्रिभुवन विश्वविद्यालयमा जागिर खान समेत नसक्ने बताए। उनले राजनीतिक र प्रशासनिक अधिकार कटौती गरेर आर्थिक, सामाजिक र संस्कृतिक अधिकारको मस्यौदा कुनै स्पष्ट नभएको बताए।

सरकारले एनआरएनएलाई धेरै उपेक्षा गर्न नहुने बताए। संघको आगामी नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गर्दै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठलाई सके सबैको मन जितेर सर्वसम्मत अध्यक्ष बन्न र नसकेमा आफुलाई सर्वसम्मतको अध्यक्ष मान्न तयार हुन आग्रह गरे ।