काठमाडौं । विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । अब श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो ।साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
सोमबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको हाे ।
प्रतिक्रिया