राष्ट्रपति पौडेलले बोलाएको सर्बदलीय बैठक एमालेद्वारा बहिस्कार

राष्ट्रपति पौडेलले बोलाएको सर्बदलीय बैठक एमालेद्वारा बहिस्कार


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमाले जाने भएको छ । समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो । 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको वैद्यानिकता नहुने भएपछि एमाले शितल निवास नजाने भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्चस्तरीय छानबिन समिति बनाउन सहमत भईसकेको छ ।